काठमाडौ । काठमाडौको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्सो सुरु भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’ एक्सो’सुरु भएको हो ।
‘स्पेस एण्ड डिजाइन’ एक्सोको उद्घाटन ‘मिस नेपाल वल्र्ड २०२३’की विजेता श्रीच्छा प्रधान, ‘मिस नेपाल अर्थ २०२३’ विजेता रैना मजगैयाँ र ‘मिस नेपाल इन्टरनेशनल २०२३ ’ की विजेता प्रसिद्धी शाहले गरिन ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन मा अध्ययन गर्नुभएका विद्यार्थीहरुले आफनो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको ‘आईआईएफटी’ को कार्यकारी निर्देशक विपना थापाले बताइन ।
निर्देशक थापाले भनिन ‘यो आईआईएफटीले पहिलो पटक सुरु गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएको छु ।’ सिटी सेन्टरमा दुई दिनसम्म चल्ने ‘स्पेस एण्ड डिजाइन ा मा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीले आफ्नो आफ्नो डिजाइन मा क्याफेका मोडेल्स तयार परेर पदार्शानी मा राखेका थिए र प्रतियोगितामा सहभागिता जनाए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ठ हुनेलाई नगदसहित प्रमाणपत्र हस्तातरण गरिने छ । शुक्रबार ११ बजे उद्घाटन गरिएको एक्स्पो शनिबार ५ बजेसम्म चल्ने छ । विगत ७ वर्ष देखि सञ्चालनमा आएको ‘आईआईएफटी’ स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन काठमाडौको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजामा र ललितपुरको मानभवनबाट रहेको छ । ‘आईआईएफटी’ले हजारैको संख्यामा फेसन तथा इन्टेरियर डिजाइनरहरु उत्पादन गरिसकेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)
































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google