फेरि बढ्याे पेट्रोलियम पदार्थमा मूल्य, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो

दर्पण दैनिक १३ आश्विन २०८०,२१:०२
post

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबा राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको छ । 

खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको छ । यसअघि १८९५ रुपैयाँ थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । १५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: