
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ । यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ । नाडापछि यसको नियमित मूल्य ३७ लाख ९९ हजार कायम हुनेछ । थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन् ।
सार्वजनिक समारोहमा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल; डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी; एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया; एमएडब्लू वृद्धिका निर्देशक पार्थ सिकारिया; एमएडब्लू ग्रुपको प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी; तथा एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तको गरिमामय उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘भिगो ई२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्छ । चुनिएका फिचर्सलाई सोचविचारपूर्वक समायोजन गर्दै हामीले भिगोको स्पेस, क्षमता र आत्मविश्वासलाई यथावत् राखेर फुल एसयूभी अनुभवलाई अझ धेरै नेपाली ग्राहकको पहुँचमा पुर्याएका छौँ ।’





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)




































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google