अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अन्जन श्रेष्ठ

दर्पण दैनिक ९ भाद्र २०८३,१५:२२
post

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताएको छन्  । मंगलवार देखि काठमाण्डौंमा शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई पुनर्संरचना आवश्यक भएकोमा जोड दिएका हुन्  । 

उनले निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म र व्यावसायिक वातावरण नबनेसम्म आर्थिक समृद्धि सम्भव नभएको बताए । उनले भने, ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ । मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको ठान्छु । अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको छ । नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न सकेको छैन् ।’

अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग खुल्नु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले त्यसका लागि राज्यको संरक्षण आवश्यक रहेको बताए ।  उनले कतिपय उद्योग खुले पनि तर सरकारले ध्यान दिन नसक्दा उद्योगी व्यवसायीहरुका समस्या नबुझ्दा औदोगिक विकास हुन नसकेको धारणा राखे । 


सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता व्यक्त गरेको भएतापनि बजेटका घोषणा अगाडि बढेन नसकेको, सो अनुसारका रणनीति नआएको उनको भनाइ छ ।
 
अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै उनले सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको तर यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट नभएको उनको गुनासो थियो । उनले १२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए । 

वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएकोमा टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले सरकारलाई दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको धारणा राखे । उनले अटोमोबाइल क्षेत्रका उद्योगहरूले भोगिरहेका समस्याका बारेमा सरकार मौन रहेको भन्दै उनले उद्योगीका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गरे । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

नाडा अटो शो २०२६ सुरु

९ भाद्र २०८३,१२:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: