कृषि उद्यमलाई सशक्त बनाउन नबिलले ल्यायाे कृषि व्यवसाय ऋण याेजना

दर्पण दैनिक ३० जेष्ठ २०८२,१३:२०
post

काठमाडौँ । नबिल बैंकले कृषि उद्यमलाई सशक्त बनाउन नबिल कृषि व्यवसाय ऋण योजना संचालनमा ल्याएको छ । बैंकले कृषि उद्यमीहरुलाई सहुलियत ब्याजदरमा २० लाख रुपैयाँसम्म यस्तो कर्जा प्रदान गर्दै आएको जनाएको छ।

कृषि वा कृषिसँग सम्बन्धित उद्यमहरुमा संलग्न साना किसानरइकाईरकृषकहरुलाई सजिलो र झन्झटमुक्त ऋण सुविधा मार्फत वित्तीय सहायता प्रदान गर्न यो योजना संचालनमा ल्याएको बैंकले जनाएको छ । 
 
वित्तीय सहायताबाट साना किसान–इकाई–कृषकहरूलाई उनीहरुको व्यवसाय सञ्चालनको आवश्यकता पूरा गर्न र उनीहरुको कृषि तथा कृषि व्यवसायलाई थप विस्तार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । यो सुविधा कृषि तथा पशुपालन व्यवसाय सहित सबै कृषि व्यवसायहरुमा लागू हुने बैंकले जानकारी दिएको छ । 


नबिल बैंकले दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने बैंकको विश्वास छ । बैंकले कृषि तथा पशुपालन कर्जालगायत कृषि प्राविधिकहरुका लागि समेत कर्जा योजना संचालन गरिरहेको छ । आवश्यकता अनुसार विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी धेरै भन्दा धेरै कृषि उद्यमी बनाएर देशको आर्थिक विकासमा योगदान पुर्याउन अग्रसर रहेको बैंकको भनाई छ । 


नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कृषि क्षेत्रका लागि कुल कर्जाको १२ प्रतिशत कर्जा विस्तार गर्ने नीति लिएको बैंकका कर्जा विभागका प्रमुख मनोज यादवले जानकारी दिए । उनका अनुसार नबिल बैंकले कृषि उद्यम गर्नेका लागि विभिन्न प्रोडक्ट मार्फत कर्जा विस्तार गरिरहेको छ । जसमध्ये एक हो नबिल एग्रि बिज्नेस लोन । यस प्रडक्ट अन्तर्गत किसानले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउँछन् । जसको ब्याजदर किसानको प्रोडेक्ट अनुसार फरक फरक हुन्छ । तर, समग्रहमा बेसरेटको अधिकतम २ प्रतिशत थप गरेर ब्याज लिने गरेको उनले बताए । कृषिको प्रकार, अवस्था अनुसार ब्याजदर फरक फरक हुने उनले जानकारी दिएका हुन् ।

बैंकले यो प्रोडक्ट सन् २०७८ देखि नै ल्याएको हो । हालसम्म यस पोर्टफोलियो अन्तर्गत करिब २ हजार किसानले लाने लिई सकेका छन् । बैंकले यस पोर्टफोलियो अन्तर्गत १ अर्ब २४ करोड रुपैयाँ कर्जा दिइसकेको छ । 

यो लोन सबै प्रकारका किसान तथा कृषि सम्बन्धी व्यवसाय गर्ने स्टेकहोल्डरले पनि पाउने छन् । जस्तै, शित भण्डारण, कृषिको प्रशोधन गृह आदिले पनि यो पोर्टफोलियोको लोन पाउने छन् । यो लोन लिनका लागि कृषकले आवश्यक बिज्नेश प्लान बैंकमा बुझाउनु पर्दछन् । के गर्ने, कसरी गर्ने, त्यसबाट नाफा कसरी आर्जन हुन्छ र त्यस व्यवसाय गर्दा आईपर्ने चुनौतिका विषय उल्लेख गरेर बिजनेश प्लान बैंकमा बुझाएपछि बैंकले सो बिज्नेस प्लान अध्ययन गरेर लोन दिने गर्दछ । यसरी लोन दिँदा सकभर धितो चाहिन र कति पय बिजनेशको अवस्था हेरेर बिना धितो पनि लोन उपलब्ध गराउने डिपार्टमेन्ट प्रमुख यादवले बताए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: