
काठमाडौँ । नेपालको अन्तरपाष्ट्रिय व्यापार घाटा ११ खर्ब नजिक पुगेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिना साउन–फागुन)मा नेपालको व्यापार घाछा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । ८ महिनाको अवधिमा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ, भने १ खर्ब ९१ अर्ब ११ करोडको निर्यात गरेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको छ ।
नेपालमा भित्रिने सामानमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात ३०.६५ प्रतिशत १० प्रतिशत भन्सार महसुल लाग्ने वस्तुहरूको रहेको छ । बजारमा मध्यमस्तरका वस्तुहरूको माग अझै उच्च रहेको यो तथ्यांकले देखाएको छ ।
निर्यातमा २० प्रतिशतको वृद्धि
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार, यस वर्ष नेपालको निर्यातमा उत्साहजनक सुधार देखिएको छ । गत वर्षको पहिलो ८ महिनामा १ खर्ब ५८ अर्बको निर्यात भएको थियो । यस वर्ष १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको छ ।
नेपालले अहिले ६ रुपैयाँ ७५ पैसाको आयात गर्दा १ रुपैयाँको निर्यात गर्न सफल भएको छ । यो गत आवको तुलनामा निर्याततर्फ सुधारको संकेत हो । सरकारले ८ महिनामा भन्सार महसुलबाट मात्रै १ खर्ब २१ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
निर्यात बढ्नु खुसीको कुरा भए पनि १० खर्ब ९८ अर्बको व्यापार घाटा सानो अंक होइन । कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब पुग्दा निर्यातको हिस्सा मात्र १२.९१ प्रतिशतमा खुम्चिनुले नेपाल अझै पनि परनिर्भरतामै रहेको देखिन्छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)

















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google