
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कांग्रेस काभ्रेपलाञ्चोकका सभापति पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी र काभ्रेपलाञ्चोकका दुवै क्षेत्रका महाधिवेशन प्रतिनिधिको समर्थनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
जिल्ला सभापतिको रूपमा संगठन निर्माणमा पुर्याएको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई साक्षी राख्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको लामाले बताए ।
आफ्नो राजनीतिक यात्रा, संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्यांकन गरी केन्द्रीय सदस्यको रूपमा सेवा गर्ने अवसर प्रदान गर्न सबै महाधिवेशन प्रतिनिधिलाई आग्रहसमेत गरेका छन् ।
सभापति गगन थापाको नेतृत्वले युवालाई समेत उत्साह भरेको भन्दै कांग्रेस नयाँ भरोसा लिएर उभिएको उनले बताए । पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस काभ्रेपलाञ्चोकको सभापति निर्वाचित भएका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट निर्वाचित भई लामाले संविधानसभा सदस्यको रूपमा योगदान पुर्याएका छन् । संविधानसभा सदस्य रहँदा उनले कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गरे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)






























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google