
काठमाडाैं । सरकारले ४ प्रमुख जिल्ला अधिकारीसहित ५ सह-सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले असोज २३ को निर्णयानुसार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला सर्लाही सरुवा भएका छन् भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम सरुवा गरिएको छ ।
यसैगरी इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँके सरुवा गर्दा गृहमन्त्रालय वा अन्तर्गत दरबन्दी रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ । सहसचिव विपिन आचार्य बाँकेबाट गृह-मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google