कोसी सरकारविरुद्धको रिट आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

दर्पण दैनिक १८ भाद्र २०८०,०६:४७
post

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । 

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।

रिटमा पेसी पनि इजलासबाटै तोकिएको एमालेका तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेका रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका हिक्मत कार्कीले रिट दायर गरेका थिए । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: