असोज ११ देखि १५सम्म काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन नपाइने

दर्पण दैनिक ९ आश्विन २०८०,०९:४८
post

काठमाडौं । काठमाडौं उपत्यकामा इन्द्रजात्राको अवसरमा विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरले आज एक सूचना जारी गर्दै असोज ११ गतेदेखि १५ गतेसम्म काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

सूचना अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

त्यस्तै असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: