एसईई परीक्षा विषयकमा गोष्ठी तथा फेकाको नव निर्वाचित कार्य समितिलाई सम्मान

दर्पण दैनिक २४ आश्विन २०८०,०७:०३
post

काठमाडाैं । शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा एसईई परीक्षा विक्षयकमा गोष्ठी तथा फेकनका नव निर्वाचित कार्य समितिलाई वधाई कार्यक्रम सम्पन्न भएको छ । एसईई परीक्षा विषयक गोष्ठीमा शिक्षा पत्रकार प्रकृति अधिकारीले कार्य पत्र पेश गरे । उनले आफ्नो कार्यपत्रमा गुरुकुल शिक्षा देखि आधुनिक शिक्षा विसं १९९० मा दरवार स्कुल स्थापना भएको ऐतिहासिक दस्तावेजको तथ्याङ्ग सहित एसईई परीक्षा जस्ता विषयहरु समेटेर अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 


यसैगरी लालिगुराँस स्कुलका प्रिन्सिपल विनोद देवकोटाले आफ्नो कार्यपत्रमा परीक्षाको महत्वबारेमा प्रकाश पार्दै परीक्षाको कारणले किशोरकिशोरीहरु कुलतवाट बचेको छ । परीक्षामा केन्द्रित भएर अध्ययन गर्नुपर्ने हुनाले किशोरकिशोरी पढाईमा केद्रित भएर पढ्नु परेको हुनाले कुबाटोमा लाग्न पाउँदैनन् भनेर विभिन्न केस स्टडिहरु समेत प्रस्तुत गर्नु भएको थियो । 

यसैगरी कार्य पत्र पेश गर्ने क्रममा प्रोजेक्ट पोसिवल नेपालका सिईओ विजेन्द्र प्रधानले एसईई परीक्षाको फाइदा र वेफाइदाका बारेमा चर्चा गरेका थिए । उनीहरुको कार्यपत्र पश्चात नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)का अध्यक्ष भोला चालिसे, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, काठमाण्डौं प्याब्सनका बरिष्ठ उपाध्यक्ष नवराज भट्ट, हिसानका केन्द्रिय उपाध्यक्ष रामहरी सिलवाल, प्याब्सनका केन्द्रिय उपाध्यक्ष दीपिका रिमाल थापा, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम लगायतको  मन्तव्यमा एसईई परीक्षाको महत्वको बारेमा आआफ्नो भाव राखे । 

समारोहमा फेकाको नव निर्वाचित कार्य समितिलाई सम्मान पत्र वितरण कार्यक्रमका प्रमुख अतिथि  राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रदान गरे । शर्माले एसईई परीक्षाको महत्व बारेमा आफ्नो मन्तव्य राख्दै विकशित मुलुकमा परीक्षाको अभ्यासवारे चर्चा गरे । यस कार्यक्रममा सभापतिको आशन गरेका फेकाको अध्यक्ष श्रीराम दाहालले गुणस्तरीय शिक्षाको लागि फेकाले काम गर्दै आएको बताए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: