समाजसेवी भरत कार्कीको सहयोगमा सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोषाक वितरण

दर्पण दैनिक ७ भाद्र २०८१,०८:५१
post

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं ५ सगरडाँडामा अवस्थित श्री सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोषाक वितरण गरिएको छ । आज  बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट र भेस्ट वितरण गरिएको हो । 

पोसाक लेखुपिके गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कुमार बस्नेतको पहलमा सगरडाँडा निवासी समाजसेवी भरत कार्कीको सहयोगमा उपलब्ध गराइएको हो। समाजसेवी कार्कीले आगामी दिनमा विद्यार्थीहरूको लागि झोला सहयोग गर्ने विद्यालयका प्रअ सन्तोष बस्नेतले दर्पण दैनिकलाई जानकारी दिए । 

त्यस्तै प्रधानाध्यापक बस्नेतले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयको तर्फबाट सहयोगी दातालाई सम्मान  स्वरूप स्वागत  कार्यक्रम राख्ने पनि बताए । सहयोगी दाता भरत कार्की हाल अमेरिकामा छन्।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: