झापाको  चन्द्रज्योति माविले गर्यो कक्षा ११ का विद्यार्थीलाई स्वागत

दर्पण दैनिक २५ आश्विन २०८०,१३:३५
post

झापा ।  झापा जिल्लाको  झापा  गाउँपालिका स्थित   चन्द्रज्योति माविले  ११ का विद्यार्थीलाई स्वागत गरेको  छ ।   झिलझिले स्थित एक  पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर स्वागत  गरेको हो । सो समारोहमा  एमालेका  युवा  नेता  शिक्षाप्रेमी रामप्रसाद  रिजालले  विद्यार्थीहरु नै देश परिवर्तनका  वाहक तथा  भविष्यका कर्णधार  भएकोले   विधार्थी हरुले अध्ययनमा दत्तचित्त भएर लाग्नुपर्ने बताए ।  

त्यस्तै  विद्यालयका प्रिन्सिपल अनोज सुब्बाले आफ्नो  विद्यालयले विद्यार्थीको संख्यात्मक विकास भन्दा गुणस्तरीय शिक्षाको  विकासमा ध्यान दिएको बताए । कक्षा  ११ का विद्यार्थी हरुलाई सोही विद्यालयका कक्षा १२ का विधार्थीले स्वागत गरे ।

कार्यक्रममा विद्यालयका अध्यक्ष योगेन्द्र ताम्ली, झापा  गाउँपालिका प्याब्सन अध्यक्ष नबराज सुबेदी,  शिक्षकहरू  तुलाराम बस्नेत,  अर्जुनसिंह राजवंशी, शुशील गौतम  तथा कक्षा  १२ की  छात्रा अनिशा मण्डलले  शुभकामना  मन्तब्य राखेका थिए । स्वागत  समारोहमा कक्षा ११ का विद्यार्थी सुरेन बरालले आफ्नो अनुभव  सुनाए । शिक्षक विद्यार्थी तथा  अतिथिहरुले नृत्यसमेत  प्रस्तुत  गरेका थिए ।कार्यक्रम सञ्चालन  विद्यालयका शिक्षक ईन्द्र कंडेलले  गरेका थिए ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: