सोलुखुम्बु । लिखुपिके गाउँपालिकाले दलित समुदायको लागि आधुनिक प्रविधि वितरण गरेको छ । पालिकाले पुर्खेउली पेशा संरक्षण तथा काम गर्न सहज होस् भन्ने हेतुले आधुनिक प्रविधि वितरण गरेको हो । लिखुपिके गाउपालिकाको ५ वटै वडाको ३८ घर परिवारलाई विल्डिङ मेसिन, ग्रेन्डर मेसिन, लुगा सिलाउने मेसिन, ग्यास कटर लगायतका प्रविधि खरिद गरेर वितरण गरेको पालिका अध्यक्ष मिना कार्की बस्नेतको सचिवालयले जनाएको छ ।
लिखुपिके गाउँपालिकामा गत पुसमै पालिका स्तरीय ११ सदस्यीय दलित समन्वय समिति गठन भएको थियो । समितिले परम्परागत ढङ्गबाट चल्दै आएको आरन पेशा लगायतका विभिन्न पेशाहरूलाई आधुनिकीकरण गरेर अगाडी बढ्ने निष्कर्ष निकालेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google