काठमाडाैं । बागमती गाउँपालिकामा बालमैत्री स्थानीय तह घोषणाका लागि अभिमुखीकरण कार्यक्रम सम्मपन्न गरेको छ । पालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने उद्धेश्य स्वरुप गाउँपालिकाका प्रमुख विरबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्मपन्न भएकाे हाे ।
गाउँपालिका उपप्रमुख भक्तबहादुर दर्लामी मगरको अध्यक्षतामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, सात वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरुका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् संरक्षक शिक्षक लगायत बिद्यालयका बालबालिकाहरु सहभागिता रहेकाे थियाे ।
बागमती गाउँपालिकालाई २०८२ चैत्र मसान्त भित्र पूर्ण बालमैत्री स्थानीय तह घोषणा गर्ने सामूहिक प्रतिवद्धता जनाइएको कुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्मा घिमिरेले वताएका छन् ।























































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google