'सांसद विकास कोष'लाई ब्युताउन नदिऔँ!

सुमना श्रेष्ठ, प्रतिनिधि सभा सदश्य - रास्वपा १४ जेष्ठ २०८०,०७:२०
post

सुमना श्रेष्ठ ।  देशको अवस्था यस्तो नाजुक छ । बरु बजेट साना तथा मझौला व्यवसायहरुलाई राहत प्याकेज बनाउनुस्, विपन्न बर्गको स्वास्थ्यको लागि दिनुस्, सहुलियत बजारिकरण किसानहरुको लागि दिनुस् । 

संघीय प्रणालीमा शक्तिको विकेन्द्रीकरण अवधारण विरुद्ध २६५ व्यक्तिका मातहतमा पैसा थुपार्नु उचित होला की जनताका आधारभूत आवश्यकता पूर्ति उचित होला ? आफै विचार गर्नुहोस् । 
तर सदनमा जति बोलेपनि जनताले चर्को आवाज नबनाएसम्म केही हुने छाँटकाँट म देख्दिनँ । यसकारण मेरो यहाँहरुलाई विनम्र अनुरोध छ। आफ्नो क्षेत्रका सांसदहरुलाई फोन गर्नुहोस्, मेसेज गर्नुहोस् र भन्नुहोस् – सांसद विकास कोषलाई ब्युताउनु हुँदैन । 

आफ्ना प्रतिनिधिहरुलाई नहिच्किचाई फोन गर्नुहोला ताकी जनताको आवाज सदनसम्म नै गुन्जीयोस् । जति यहाँहरु मसँग आश गर्नुहुन्छ, आज म यहाँसँग आश गर्दैछु । देशको ढुकुटीको सदुपयोग गर्ने जिम्मा आज यहाँहरुको पनि छ ।  

लोकतन्त्रको मर्म नै नागरिकको सक्रियतामा निर्भर छ। नेपालको यो लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन आज म तपाईंको सहयोगका लागि अनुरोध गर्दैछु र आगामी दिनहरूमा पनि म यसै गरी हामी तपाईंको सहयोगको लागि अनुरोध गर्नेछु । आशा छ, साथ दिनुहुनेछ । 

रास्वपा सांसद सुमना श्रेष्ठकाे फेसबुकबाट

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: