स्थानीय तहको सहकार्य आवश्यक

डा. सीके राउत ६ असार २०८०,१६:४३
post

डा. सीके राउत । स्थानीय, प्रदेश र संघीय तहको समन्वयमा नै विकास सम्भव छ। आफ्नो गाउँघर, पालिका र क्षेत्रमा विकास कार्य भयो भने त्यसको श्रेय पनि सबै तहलाई जान्छ - भएन भने त्यसको दोष पनि सबैलाई जान्छ । हामीले संघीय र प्रदेश स्तरबाट विभिन्न विकासका योजनाहरू पार्नका लागि पछिल्ला केही महिनादेखि दिनरात लागि परेका छौं। त्यसको परिणामस्वरूप धेरै योजनाहरू परेका पनि छन् । यसका साथै गत वर्षका योजनाहरू पनि कार्यान्वयन गर्न बाकी रहेका छन् ।

सुरक्षित आवास कार्यक्रम, महेन्द्र नारायण निधी आवास कार्यक्रम/जनता आवास कार्यक्रमका केही योजनाहरू गत वर्षका कार्यान्वयन गर्न बाकी छन् । सम्बन्धित विभागसँग हामी निरन्तर सम्पर्कमा छौं र पछिल्लो १-२ महिनादेखि यी कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि पटक पटक ताकेदा गर्नुका साथै तैयारी पनि गर्दैछौं ।
यसका लागि गाउँपालिका/नगरपालिकाको पनि आफ्नो जिम्मेबारी हुन्छ । आवश्यक सिफारिश गर्दै पालिका प्रमुख/अध्यक्षको पनि हस्ताक्षरको आवश्यकता हुन्छ । 
त्यो शीघ्र हुन सकेन भने यस आर्थिक वर्षको लागि ती योजनाहरू कार्यान्वयन हुन सक्ने छैनन् र गरीब जनताहरू आएको योजनाबाट पनि वंचित हुनेछ ।  तसर्थ समस्त गाउँपालिका/नगरपालिका प्रमुखज्यूहरू/अध्यक्षज्यूहरू र प्रमुख प्रशासकीय अधिकृतज्यूहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न हुन हार्दिक अनुरोध छ । 

(डा. सीके राउत सप्तरी २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।)

सम्बन्धित खबर

post

बोयर बाख्रा गरिबको धन

१५ माघ २०७९,१६:५४
post

उमेर, संगत अनि म

१० चैत्र २०७९,०७:३२
post

हिंसा रोकौँ, सभ्यता बोकौँ

२१ मंसिर २०८०,१९:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: