-प्रेम चौलागाई
चन्द्र शम्सेरले सिंहदरवार बनाउदा यत्रो दरबारको के काम ? राष्ट्रको ढिकुटी सकियो भन्थे त्यस्तै कुरा होइन र दमकको टावरको विरोध ? एक दिन यो टावर पूर्वाञ्चलको सिहदरवार हुने छ है ।
आज भन्दा ४० वर्ष अगि म दुवई गएको थिएं ।त्यहाँ २ ।४ वटा दमकको जस्तै टावर थिए । गत साल दुवई गएको त टावरै टावरको देश भएछ । अमेरिकाको NewYARK को फोटोकपी जस्तो लाग्यो ।
म भन्छु दमकलाई टावरै टावरको शहर बनाऔं । यसरी नै हुने हो विकास । दुवईले नेपालको पुरै कर्णालीको पानी दुबईका जनतालाई पिलाउन पाईपबाट लानसक्ने पैसाले बुर्ज खालिपा बनायो । दुबईका जनताले यो टावर किन बनाएको भनेर सोधेनन् तर आज त्यो टावर हेर्न संसारबाट दिनको ५ लाख मान्छे दुवई जान्छन् ।
यसले दुवईको अर्थतन्त्रमा कायपलट भएको छ।त्यो टुरिजमको पैसाले अब सात वटा कर्णालीको पानी दुवई लान सकिन्छ । स्मरणरहोस महेन्द्र राजमार्ग बनाउदा गाडी नै नभएको देशमा यत्रो बाटो बनाएर राजा महेन्द्रले ढिकुटी रित्याए भनेर भारतको पटना र बनारसमा बसेका नेपालीले राजा महेन्द्रको पुत्ला जलाएका थिए । अहिले शासकहरू त्यहीं त्यही बाटोमा गाडि कुदाउदैछन् । वास्तवमा जनतालाई हरेक कुरा हाताहाति चाहिन्छ र आजै चाहिन्छ ।
दुरदृष्टि बिनाको विकासले विनास ल्याउँछ जुन नेपालमा हुदैछ, तर दमकको टावरले अब नेपाल टावर युगमा प्रवेश गर्दैछ भन्ने सन्देश दिन्छ । जहाँ सम्म कर्णालीको पुलमा १५ वटा खच्चड झुण्डिए यो दुखद हो तर १/१ वटा गरेर पठाएको भए सबै खच्चड तर्ने थिए त्यस पछि दमकको टावर पनि र पुल पनि बनेकोमा नेपालीले गर्व गर्ने थिए । त्यस्तो नहुनुमा हाम्रो दृष्टिदोष हो ।
तसर्थ सिंहदरबार त्यसबेला दमकको टावर जस्तैखेतको वीचमा बनाएको थियो र त आज राज्य संचालनको केन्द्र बन्यो र भोलीका दिन मा दमकको टावर त्यस्तै नहोला भन्न सकिन्न । पूर्वाञ्चलको ठूलो व्यपारी केन्द्र बनाउन सकिन्छ ।
-प्रेम चौलागाई (हाल अमेरिका)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google