रवि ओड र नितु पौडेलको ‘सत्य राम कसम’ मा आरआर र करुणा (भिडियाे)

दर्पण दैनिक १२ पुष २०८०,१३:३९
post

काठमाडाैं । रवि ओड र नितु पौडेलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सत्य राम कसम’ बोलको गीतमा बाबुल गिरीको रचना, संगीत तथा कम्पोज रहेको छ ।


रोमान्टिक र प्रेम भाव बोकेको गीतको भिडियोमा आरआर खड्का र करुणा श्रेष्ठ फिर्चड छन् । भिडियोमा आरआर र करुणाको केमेस्ट्री जमेको छ ।

सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन रहेको छ । भिडियोको सम्पादन तथा कलर करेक्सन भने शिलन लम्सालले गरेका हुन ।

भिडियोको निर्माता शिशिर गुरुङ रहेका छन् । सार्वजनिक गीतले युट्युबमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: