चर्चामा नरेश र समिक्षाको ‘मन परेरै हो’ (भिडियोसहित)

दर्पण दैनिक १७ जेष्ठ २०८०,०७:०४
post

काठमाडौं । गायक नरेश खाती र गायिका समिक्षा अधिकारीको स्वरमा ‘मन परेरै हो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएकाे १ दिनमै उक्त गीत युट्युब ट्रेन्डिंगमा पुगेकाे छ ।

‘मन परेरै हो’ गीतमा शब्द तथा संगीत नरेश खातीकै रहेको छ । रोमान्टिक गीतमा कृष्ण बिकको संगीत संयोजन रहेको छ। नरेश खातीकै निर्देशनमा बनेको भिडियोमा करण चैंसिरको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ । 

भिडियोमा नरेश खाती, समिक्षा अधिकारी, कमल ढुंगाना, रुपेश आले मगर, कृष्ण कंडेल फिचर्ड छन् । भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: