काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने भएकी छन् । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् ।
खड्का शनिवार १८ फेब्रुअरी अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म, १९ फेब्रुअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजेदेखि ३ बजेसम्म रहेका छन् । यस्तै खड्काले दुबई स्थित अल घुराइर मलमा १९ फेब्रुअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागि हुने बताए ।
सो कार्यक्रममा उनले त्यहाँ सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्नेछन् । त्यसैगरि २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहनेछन् ।
अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिट्यान्स कारोबार गर्ने एक्सचेन्ज कम्पनि हो । अहिले इसेवा मनि ट्रान्सफरले मेरो डिजिटल देश योजना सञ्चालन गरिरहेको छ । मेरो डिजिटल देश योजनाले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google