‘कर्मै मेरो रैछ खोटी’ सार्वजनिक (भिडियाेसहित)

दर्पण दैनिक १५ चैत्र २०७९,२०:३४
post

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘कर्मै मेरो रैछ खोटी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र  वियोगको कथालाई देखाएको छ ।

जसमा नायिका शिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषयलाई देखाइएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् ।

फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई शाईराम पिक्चर्स प्रालीले बजारमा ल्याएको हो ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: