‘मेरो प्यारो बच्चा’ सार्वजनिक

दर्पण दैनिक २८ जेष्ठ २०८१,१३:३२
post

काठमाडौँ । गायक तथा संगीतकार नरेश खातीले नयाँ गीत ‘मेरो प्यारो बच्चा’ साङ्गीतिक बजारमा ल्याएका छन् । नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त गीतमा गायिका समिक्षा अधिकारीले आवाज भरेकी छन् । 

उक्त गीतको म्युजिक भिडियो शुक्रबार मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

‘मेरो प्यारो बच्चा’ गीतको म्युजिक भिडियोमा सञ्चिता लुइटेलसँगै बालकलाकार आयुश्मा बिक र प्रिती बस्नेतको अभिनय देखिन्छ । म्युजिक भिडियोको निर्देशन रुपेश थापाले गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

यस अघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘मै मरी गए’, ‘माया मारेर’, ‘मन परेरै हो’, तिम्रै मायाले, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’लगायत थुप्रै गीतहरु लोकप्रिय बनेका छन् । 

भिडियाे : https://youtu.be/7z3PvuKKP8c?si=kT9ojybN-6zGA3y4

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: