काठमाडौं । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११ बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् । गीतमा अर्जुन पोखरेलको शब्द सङ्गीत छ ।
अभिन्यास पासवानको एरेन्ज रहेको गीतको भिडियोमा प्रमोद खरेल र रोजिना बस्नेतकै अभिनय छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको छायाङ्कन, अर्जुन तिवारीको निर्देशन छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google