गौरी भट्ट र करनबहादुर बिष्टको स्वर रहेकाे गीत ‘वित्थडचिर गाउँपालिका’ सार्वजनिक (भिडियाे)

दर्पण दैनिक १२ असार २०८०,२२:०८
post

काठमाडौं । लोकप्रिय गायीका गौरी भट्ट र करनबहादुर बिष्टको आवाज रहेको गीत ‘वित्थडचिर गाउँपालिका’ सार्वजनिक भएको छ । वित्थडचिर गाउँपालिकाको गीती वृत्तचित्रको रुपमा रहेको गीतको भिडियो जय संगीत म्युजिकमार्फत युट्युबमा सार्वजनिक गरिएको हो ।  

करनबहादुर बिष्टको लय तथा संगीत रहेको सो गीतमा एरेन्ज सन्जय श्रीपालले गरेका छन् । गीतको भिडियोमा करनबहादुर बिष्ट  र मनिषा सिंहको अभिनय रहेको छ । 

म्युजिक भिडियोमा वित्थडचिर गाउँपालिकाका सुन्दर दृश्यहरु देखाइएका छन् । गीतको भिडियोले वित्थडचिर गाउँपालिकाको प्रचार प्रसारमा टेवा पुग्ने बताइएको छ । 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: