बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

दर्पण दैनिक १० असार २०८१,०६:५७
post

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।


दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे । चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्काेटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए । नेपाल आइडललाई एपीवान टेलिभिजनले  निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: