'ब्लडी ड्याडी' को ट्रेलर सार्वजनिक (भिडियाे)

दर्पण दैनिक १० जेष्ठ २०८०,१९:०९
post

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरको फिल्म 'ब्लडी ड्याडी' को ट्रेलर सार्वजनिक भएको छ ।  बुधबार जिओ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा शाहिद र ड्रग्स माफियाबीचको द्वन्द्वलाई देखाइएको छ ।

अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा शाहिदसँगै राजिव खन्डेलवाल, सञ्जय कपूर, मुकेश भट्ट, सर्ताज कक्कर, रोनित रायलगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक जफर र आदित्य बसु मिलेर तयार पारेका हुन् । यो फिल्म सन् २०११ मा आएको फेन्च फिल्म 'स्लिपलेस नाइट' को हिन्दी रिमेक हो । 

फिल्ममा ज्योति देश्पान्डे, हिमान्शु किशन मेहरा, अली अब्बास जफर र गौरव बोसेको लगानी रहेको छ ।  यो फिल्म जुन ७ मा ओटिटी प्लेटफर्म जियो सिनेमामा प्रदर्शन हुनेछ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: