काठमाडौँ । मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक भएको छ । देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर सुन्न सकिन्छ ।
डिबी खड्काको शब्द रचनामा रहेको गीतमा विनोद बाजुरालीको संगीत र संगीत संयोजन छ। गीतमा आफ्ना लागि उपयुक्त वरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ ।
महिलाले पनि आफ्ना लागि आफैं जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको गीतकार खड्काले बताएका छन् । गीतको भिडिओमा पौडेलसहित अभिनेता धिरेन शाक्य फिचर्ड छिन् । विक्रम चौहानले निर्देशन गरेको गीतमा सिनमाटोग्राफी दुर्गा पौडेलले गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google