राष्ट्रिय जनसांस्कृतिक महासंघ ललितपुरको अध्यक्षमा महेश गिरी सर्वसम्मत

सन्तोष दहाल १७ फाल्गुन २०८१,१७:२६
post

सन्तोष दहाल, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल ललितपुर जिल्ला कमिटिको छैटौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट महेश गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।

अधिवेशन बाट निर्वाचित अन्य पदाधिकारीहरुमा विक्रान्त सुवेदी उपाध्यक्ष, विष्णु सापकोटा सचिव, कमला बरालउपसचिव तथा शर्मिला बोगटी कोषाध्यक्ष रहेका छन् । यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा पार्वती घिमिरे, उर्वशी थापा, विपना कार्की, गोकर्ण अधिकारी, इन्द्र लिम्बु, करुणा तिवारी रहेका छन् ।

शनिबार महासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन भएको हो । अधिवेशनबाट अध्यक्ष बनेका महेश गिरीले अबका दिनहरुमा महासंघको कमिटी ६ वटै स्थानीय तहहरुमा निर्माण गरि सामाजिक सांस्कृतिक जागरणका अभियानलाई पार्टी र जनतासँग जोड्ने गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले पार्टी निर्माण तथा सुदृढीकरण, निर्वाचन लगायतका अभियानमा विगतदेखि नै जनसांस्कृतिक महासंघको योगदान महत्त्वपूर्ण रहेको भन्दै संगठन र पार्टीसंगको समन्वय संतोषजनक हुन नसकेको बताए ।


अधिवेशन उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले विगतमा महासंघको अभियान जिल्लामा केही समय सुस्त हुँदै निष्क्रिय नै रहेको भन्दै अब बन्ने कमिटिले गाउँगाउँमा गएर पार्टी संगठनलाई चिनाउने विश्वास व्यक्त गरे । संगठन र कमिटिमा बसेर काक नगरीकन नेता बन्न नसक्ने उनको भनाई छ ।

पार्टी नेता रामहरी बजगाइँले पार्टीका अभियान लिएर जनताको माझमा जान र जनतासँग जोडिनको लागि जनसँस्कृतिक  महासंघ एक अब्बल र सक्रिय पार्टी संगठन रहेको बताए । बजगाइँले संगठनलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा अगाडि बढ्नको लागि महासंघको नयाँ कमिटिले पार्टीका सबै अभियानमा सहयोग गर्न सकोस भन्ने शुभकामना व्यक्त गरे । 

एमाले केन्द्रिय सदस्य बाबुराम थापाले विगतका परिवर्तन र रुपान्तरणका आन्दोलनमा महासंघमा आबद्ध कलाकारहरुले गाएका गीतबाट देशभरका जनताहरुमा जागरण पैदा गरेको स्मरण गरे  । अबको महासंघको ध्यान विद्यार्थीलाई जोड्दै बाल कलाकार उत्पादन गर्नमा केन्द्रित गर्दै नयाँ पुस्तामा विकास गर्नुपर्ने थापाले बताए ।

पार्टी केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण व्यन्जनकारले जिल्लाको गाउँकन्दरा र शहरमा रहेका सबै प्रतिभा र कलाहरुलाई एकत्रित गर्दै पार्टीसँग जोडेर पार्टीले गरेका राम्रा कामलाई जनसांकृतिक महासंघको माध्यमबाट जनतामा लैजानुपर्ने विचार व्यक्त गरे ।

पोलिटव्युरो सदस्य सुशीला नेपालले सामाजिक राजनीतिक रुपान्तरणमा सांस्कृतिक आन्दोलनका माध्यमबाट नयाँ व्यवस्था ल्याउनका लागि जनकालाकारको भूमिका महत्त्वपूर्ण रहेको दावी गर्दै पछिल्लो समय जनताका गीत गाउन छोडिएको र समाज परिवर्तनका नभएर विकृती र भड्किला गीतहरु मात्र बजारमा आउँदा चिन्ता व्यक्त गरिन ।

अधिवेशन संयोजक तारा केसीले अब एमाले पार्टीलाई जनताको प्रिय बनाउँदै सांस्कृतिक आन्दोलन छेडनका लागि जनसांस्कृतिक महासंघ खरो भएर उत्रने बताइन । यसैगरी महासंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारीले विगतका निर्वाचन र आन्दोलनमा हामीले धेरै पार्टीका गीतहरु ल्याउने र गाउने काम महासंघले गरेको भन्दै अबका अभियानहरु पनि मिसन ८४ र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नेतर्फ लक्षित हुने बताए ।

कला,साहित्य,संगीत, चलचित्र, नाट्य ललितकला तथा भाषासहित्य अध्ययन केन्द्रजस्ता सातवटा घटकहरु एकत्रित भई राष्ट्रिय जनसांस्कृतिक महासंघको गठन भएको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: