काठमाडौं । सिएल शर्माको नयाँ म्युजिक भिडियो ‘एकै नजरै ले’ बोलको गीत सार्वजनिक भएको छ । सिएल शर्माको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गीतमा पुष्प खड्का र एलिशा राईको अभिनय देख्न सकिन्छ । भिडियोमा दुई जोडीबीचको प्रेम सम्बन्धका बारेमा देखाइएको छ ।
शर्माकै शब्द र संगीत रहेको उक्त म्युजिक भिडियोमा समन अधिकारीले निर्देशन गरेका छन् । यस्तै म्युजिक भिडियोको सम्पादन प्रकाश तुलाधारले गरेका छन् भने मिक्सिङ कृष्ण कुमार महर्जनको छ । साथै राजिव समरको कोरियोग्राफी रहेको गीतमा सिनेमाटोग्राफी दिपेन्द्र थपलियाको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google