अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह, दुलाहा कांग्रेस नेता

दर्पण दैनिक ३ भाद्र २०८१,२०:३१
post

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले घरजम गरेकी छिन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् । दुवैले काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका छन् । 

बिहेमा परिवार र निकट आफन्तहरु उपस्थित थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो । 

अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन् । बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । 

केही दिनअघि दुई जनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । उनीहरुले मागी बिहे गरेको पारिवारिक स्रोतले जनाएकाे छ । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: