'नदेख्दा तिमीलाई' मा नायिका केकी अधिकारी (भिडियाे)

दर्पण दैनिक १९ असार २०८०,१२:२६
post

काठमाडौं । गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको 'नदेख्दा तिमीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा शब्द डि.पी खनालको रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ ।  गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो । नरेश कोइराला निर्माता रहेको यस गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक सोर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।  
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: