करिनाले छाडेपछि ‘टक्सिक’मा नयनताराको इन्ट्री

दर्पण दैनिक २४ बैशाख २०८१,१४:१२
post

काठमाडौं । व्यस्तताका कारण करिना कपुरले यश स्टारर फिल्म ‘टक्सिक’ छाडेपछि साउथ ‘लेडी सुपरस्टार’ नयनताराको प्रवेश भएको छ । करिनाको ठाउँमा नयनताराको इन्ट्री भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टक्सिकका निर्देशक गीतु मोहनदास र यशबीच पछिल्लो हप्ता नयनतारासँग पटकपटक भेटघाट भएको छ । प्रतिवेदनमा नयनताराले फिल्म ‘टक्सिक’ गर्न चासो देखाएको र अहिले लजिस्टिकको काम भइरहेको उल्लेख छ ।

फिल्ममा यशकी बहिनीको क्यारेक्टरको पटकथा निकै राम्रोसँग बनाइएको छ । त्यो बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खान्छ । स्क्रिप्ट पढेपछि गीतु मोहनदासले यति बलियो चरित्र निर्माण गरेकोमा नयनतारा निकै खुसी छिन् ।

करिनाले यस फिल्ममा यशकी बहिनीको भूमिकामा देखिने खबर आएको थियो । एक अन्तर्वार्तामा उनले यसबारेमा संकेत पनि गरेकी थिइन् । तर, व्यस्तताका कारण उनले फिल्मबाट हात झिक्नुपर्‍यो।

नयनताराले गत वर्ष फिल्म शाहरुख खान स्टारर ‘जवान’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनको पान इन्डिया छवि विकसित भएको छ । नयनताराको यो दोस्रो कन्नड फिल्म हुनेछ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: