संस्कृति शिरोमणी हरिराम जोशीलाई बोधिचर्या सम्मान

दर्पण दैनिक १ असार २०८१,१७:४३
post

ललितपुर । बोधिचर्या नेपाल र ललितपुर महागनरपालिका – ५ वडा कार्यालयको सहयोगमा आयोजित संस्कृति सम्पदा संरक्षणमा जनसहभागिता विषयक अभिमुखीकरणको बिहीबार सम्पन्न गरिएको छ ।

संस्कृति, सम्पदा संरक्षणमा नागरिकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सो अभिमुखीकरणको आयोजना गरिएको हो । सोही समारोहमा नेपालको इतिहास, संस्कृति, पुरातत्व, धर्म तथा जनजीवनको क्षेत्रमा विशद् खोज, अध्ययनमा उल्लेखनीय योगदान गर्नुभएका संस्कृति शिरोमणी हरिराम जोशीलाई सम्मान गरिएको छ ।

८९ वर्षीय जोशीलाई बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले खादा, ललितपुर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले फूलमाला, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्यले दोसल्ला ओढाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङ्गले सम्मानपत्र प्रदान गरे । 

सो अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जोशीलाई पुष्पगुच्छा प्रदान गरे ।

नेपालको प्राचीन अभिलेख, उत्तर– प्राचीनकाल मुद्रा, हाम्रो संस्कृति, हिन्दु देवीदवता, मध्यकालीन अभिलेख, मेडिएभल,कोलोफोन्स, पेजेज अफ द फर्गटन पास्ट, नेपालको चाडपर्व जोशीका महत्वपूर्ण कृतिहरु रहेको छ । 

यस किसिमका महत्वपूर्ण ग्रन्थले नेपालको ईतिहास, धर्म, परम्पराको जर्गेना, भावि सन्नति समक्ष हस्तान्तरण गर्न युगयुगसम्म सशक्त माध्यम बनिरहने सम्मापत्रमा उल्लेख गरिएको सम्मानपत्र वाचन गर्दै बोधिचर्या नेपालका सहसचिव सुमन बज्राचार्यले बताए ।

समापन समारोहको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ मौलिक संस्कृतिको जर्गेना गरी त्यसलाई अर्थतन्त्रसँग जोडेर नेपालले ठूलै लाभ लिन सक्ने विचार व्यक्त गरे ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालमा विविध संस्कृति, भाषा र परम्पराको जर्गेना गर्नु भनेको देशप्रेम रहेको बताउँदै उनले सरकारले ती सबै संस्कृतिलाई प्रर्वद्धन गरी त्यसको माध्यमबाट पर्यटन उद्योगलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे ।

मौलिक संस्कृतिमा गौरव नगर्ने, अन्धाधुन्द विदेशी संस्कृतिको नक्कल गर्ने र विश्वव्यापी भूमण्डलीकरणले गर्दा नेपाली संस्कृतिको संरक्षणमा देखापरेको चुनौतीलाई सम्बोधन गर्ने यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा पनि मन्त्री तामाङ्गले जोड दिए । संस्कृति शिरोमणी जोशीलाई सम्मान गर्न पाएकोमा आफूलाई निकै गर्व महसुश भएको मन्त्री तामाङ्गले बताए।

सो अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले मूर्त र अमूर्त संस्कृति र सम्पदाको जर्गेना,त्यसको महत्वलाई बुझाउन त्यसको अभिलेखीकरण अत्यन्त महत्वपूर्ण रहेकोे धारणा राख्दै अभिलेख राख्ने, त्यसको अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।


भौतिक सम्पदासंग जोडिएको पु्जाआजा, आस्था, परम्परा, गुठी जस्ता अमूर्त संस्कृतिले नै पुरातात्विक सम्पदाको संरक्षणमा निकै टेवा पुर्याउने विचार व्यक्त गर्दैै महानिर्देशक प्रधानांंगले अमूर्त संस्कृति संरक्षणमा संघ, प्रदेश र स्थानीय तह मिलेर जानुपर्ने बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संस्कृति, सम्पदा संरक्षणमा जनतासहभागिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यस सम्बन्धी विभिन्न ज्ञान, तालिमका माध्यम जनसहभागितामा अझ वृद्धि र प्रभावकारी बनाउन सकिने बताए ।

ललितपुर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले ललितपुर सञ्चालित हुने विभिन्न जात्रा, पर्वहरु विश्व सम्पदा सूचीमा समावेश गराउन सक्ने विषयमा अध्ययन हुन जरुरी रहेको बताए । उनले संस्कृति, सम्पदा सम्बन्धी अध्ययन, कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा वडा सदस्य शोभादेवी प्रधानश्रेष्ठले नेपाली संस्कृतिको विशेषता र महत्व बुझाउन वडाले सो कार्यक्रम आयोजना गरेको बताए । 

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले संस्कृति,सम्पदाको विषयमा अध्ययन गर्ने, बहस तथा छलफललाई स्थानीय तहले  प्राथमिकतामा राख्नुपर्ने खाँचो औंल्याए । भौतिक सम्पदाको संरक्षणको विषयको तुलनामा अमूर्त संस्कृति संरक्षणको विषयमा खासै ध्यान नगएको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष महर्जनले भने ‘ विशेषगरी स्थानीय तहले संस्कृति सम्बन्धी अन्तरक्रिया, छलफल र अभिमुखीकरण कार्यक्रम गर्नुपर्दछ । यो पनि संस्कृति संरक्षण सम्बन्धी एउटा प्रभावकारी उपायका रुपमा लिनुपर्दछ ।’


समारोहमा बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले मूर्त र अमूर्त संस्कृति, संस्कार र परम्परामा निहित जीवनदर्शन, ज्ञानको अध्ययन गरी त्यसको प्रवाह गरी मानवसमाजको कल्याण गर्नुपर्ने बताए । सो समारोह बोधिचर्या नेपालका उपाध्यक्ष कपिल शाक्यले सञ्चालन गरे ।

सो अवसरमा अभिमुखीकरणमा सहभागीहरुलाई मन्त्री तामाङले प्रमाणपत्र वितरण गरे । जेठ २४, २५, २६ र २९ गते भएको सो कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । 

अभिमुखीकरणमा संस्कृति सम्पदाको जनसहभागिताको महत्व, त्यसका सैद्धान्तिक विषय, नीतिगत तथा कानुनी विषय, संस्कृति सम्पदा संरक्षणका चुनौती र उपाय र संस्कृति संरक्षणमा मौखिक परम्पराको स्थानको विषयमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग, लोप भएको पायो जात्रा पुनःसञ्चालनको प्रयासको विषयमा राजेश बज्राचार्य, नागरिक पत्रकारिता र सूचनाको हकको विषयमा पत्रकार सुनील महर्जन र संस्कृतिको विषयमा सामाजिक सञ्जाल मार्फत परैवीको विषयमा पृथबिन्दु महर्जनले प्रस्तुत गरे । 

समारोहमा वडाका सदस्यहरु अशोककुमार श्रेष्ठ, पुनम निरौला र मञ्जु रिजालको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: