‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ २२ चैतमा

दर्पण दैनिक २८ फाल्गुन २०८१,२०:५१
post

काठमाडाैँ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुने भएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेका गीत प्रत्यक्ष रुपमा प्रस्तुत गरिने साे कार्यक्रम चैत २२ गते पोखरा सभागृहमा हुने भएकाे हाे ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलाम, बेलटारीमा वि.सं. २०२९ सालमा जन्मिएका पुरुषोत्तमले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । न्यौपाने पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पदमा छन् ।

न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्‍यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा ध्वजा’ लगायत गीत चर्चित छन् । न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: