क्यानका अध्यक्ष चतुरबहादुरसहित पाँचजनाको राजीनामा माग, के छ विज्ञप्तिमा ?

दर्पण दैनिक १६ माघ २०७९,०९:४८
post

काठमाडौं । गत पुस २७ मा सम्पन्न नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) कै सदस्य र पदाधिकारीहरुले अध्यक्ष चतुरबहादुर चन्दसहितमाथि कारबाही माग गरेका छन् ।

क्यानका सात जना सदस्यहरुले आइतवार सामूहिक विज्ञप्ति निकाल्दै स्पट फिक्सिङ जस्तो गम्भीर घटनामा अध्यक्ष चन्दले पनि गल्ती स्वीकारिसकेकाले थप कारवाही प्रक्रिया अघि बढाउनुर्ने माग गरेका हुन् । 


'स्पट फिक्सिङ' जस्तो गम्भीर अपराध हुन दिन बाटो खोलिदिन पदाधिकारीहरुको गल्ती र कार्यसम्पादन समितिका सदस्यहरुको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन', उनीहरुले भनेका छन्, 'त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन, कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं ।'


के छ विज्ञप्तिमा ?

आदरणीय पत्रकार साथीहरू,

गत पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी-२० लिगका दौरान घटेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। लिगका दौरान स्पट फिक्सिङ्ग भएको र गैरकानुनी काम भएको खबरले हामी दुःखित समेत भएका छौ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगका लागि स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एडभाइजर राइट्स (रणनैतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) रुपमा भारतीय कम्पनी सेभेन थी स्पोर्टससँग ८ वर्षको सम्झौता गरेको थियो।

सो सम्झौताको विषयमा हामीले सुरूवातदेखि नै प्रश्न उठाएका थियो। भारतीय कम्पनीको पृष्ठभूमी शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत् गर्नु पर्नेमा हामी स्पष्ट थियो। जसका कारण हामीले लिगको विषयमा पटक-पटक नोट अफ डिसेन्ट समेत लेखेका थियौं।

उक्त सम्झौता खेलकुद विकास ऐन २०७७ विपरित भएको हामीले क्यान नेतृत्वलाई बारम्बार सचेत गराएका थियौ। आज आएर राष्ट्रिय खेलकुद परिषदको कार्यदलले सम्झौता ऐन विपरित भएको ठहर गरिसकेको छ।

तर नेतृत्वले जबरजस्ती भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारणसभाबाट अनुमोदन गन्यो। हामीले गलत कार्यको निरन्तर औपचारिक मञ्चमा पनि विरोध गर्यौँ।

कम्पनीको शंकास्पद पृष्ठभूमी र उसको नियतमाथि हामीले जुन आशंका गरेका थियौं, आज दुःखका साथ भन्नुपर्छ हाम्रो आशंका सही साबित भएको छ।

टी-२० लिगको आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएको भारतीय कम्पनीका प्रमुख जतिन अहलुवालिया लिंग चल्दै गर्दा नेपाल छाडेर भारत भागे। खेलाडीले समयमै पारिश्रमिक पाउन सकेनन्। अर्को स्तब्धपूर्ण कुरा लिंगका दौरान स्पट फिक्सिङ भएको आशंका गरियो। अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिगमा स्पट फिक्सिङ्ग भएको तथ्य सार्वजनिक गरेको छ।

स्ट फिक्सिङका मूख्य योजनाकार भारतीय कम्पनी सेभेन श्रीका प्रमुख जतिन अहलुवालिया भएको प्रहरीले सार्वजनिक गरेको छ। क्यानसँग सम्झौता गरेको कम्पनीकै प्रमुखको स्पट फिक्सिङ्गमा सलग्नता हुन दुःखद पक्ष हो। साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मूख्य दोष क्यान नेतृत्वको हो। त्यसमा पनि महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समितिने प्रमुख दोषी हो।

हो, स्पट फिक्सिङ्ग हुँदा सस्था विरले सलग्न हुन्छन्। तर यहाँ त साझेदार कम्पनी नै फिक्सिङ्गमा संलग्न छ र जुन कम्पनीसँग क्यानले सम्झौता गरेको छ। त्यसैले क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङ्गको दोषबाट भाग्न सक्दैन।

गत बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहाक सचिव प्रशान्त बिक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी-२० लिग सचलानमा गल्ती भएको स्वीकार गर्नु भएको छ। हामीले हिजो गल्ती हुन सक्छ भन्दै सचेत गराएका थियौ, आज आएर उहाँले त्यो गल्ती स्वीकार गर्नु भएको छ। त्यसैले उहाँहरुले जानाजान गल्ती गर्नु भएको हो। हामीले पटकपटक सचेत गराएका थियौं, तर उहाहरुले जर्वरजस्ती निर्णय गर्नु भयो। यसले नेपाल क्रिकेट मानमर्दन भएका छौँ।

हामीले पटक पटक सचेत गराउनका बावजुद त्यहि कम्पनिलाई नेपाली क्रिकेट सुम्पीने हठ गर्ने नेतृत्व अहिले आएर छैन। माफी मागेको भरमा पन्छिन मिल्दैन र सरोकारवाला निकायले पनि नेपाली क्रिकेटलाई बेटिङ्ग र फिक्सिङ्गको उर्भर भूमिका रुपमा अन्तराष्ट्रिय मञ्चमा बदनाम गराउनेहरुलाई उन्मुक्ति दिन सकिँदैन। 

२०७९ माघ १२ गते बिहीबार गरिएको पत्रकार सम्मेलन पनि नेपाल क्रिकेट संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहन्छौँ। किनभने यस विषयमा बोर्डमा कुनै पनि छलफल गरिएको थिएन। क्यान नेतृत्वले जानाजान गरेको गल्तीले नेपाली खेलाडी प्रहरी नियन्त्रणमा हथकडी सहित देखीनु अर्को दुखद पक्ष हो।

एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीहरुले गल्ती स्वीकार गरेर मात्र पुग्दैन। उहाहरुले त्यसको सम्पूर्ण जिम्मेवारी लिनु पर्छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समिति यसको भागिदार हुनुपर्छ। कार्यसम्पादन समितिमा हेका चतुरबहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ। हामी केन्द्रीय सदस्यहरु उहाँहरुको राजीनामा जोडदाररूपमा माग गर्छौं। राजीनामा गरेर उहाँहरुले नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानविन गर्न सम्बन्धित निकायहरुलाई सघाउनु पर्छ।

'स्पट फिक्सिङ्ग जस्तो गम्भीर अपराध हुन दिनको लागि बाटो खोलिदिन पदाधिकारीहरुको गल्ती र कार्यसम्पादन समितिका सदस्यहरुको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं।

यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त विक्रम मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया पनि दोषी भएको हाम्रो ठम्याइ छ। त्यसैले गभर्निङ काउन्सिल पनि कारवाहीको दायारामा आउनु पर्छ।

अन्त्यमा नेपाली टी-२० लिगको मुख्य दोषी नेपाल क्रिकेट संघको कार्य सम्पदान समिति र गभर्निङ काउन्सिलका सदस्य हुन्।

अन्त्यमा नेपाल क्रिकेटलाई जोगाउन दोषीलाई कारवाही गर्न फेरि पनि जोडदार माग गछौं।

१. ऋषिराम गौतम केन्द्रीय सदस्य नेपाल क्रिकेट संघ

२. दाउद अन्सारी केन्द्रीय सदस्य नेपाल क्रिकेट संघ

३. संजयराज सिंह केन्द्रीय सदस्य नेपाल क्रिकेट संघ -

४. करण महतरा क्षेत्री केन्द्रीय सदस्य नेपाल क्रिकेट संघ

५. अमितवीर पाण्डे केन्द्रीय सदस्य - नेपाल क्रिकेट संघ

६. छुम्बी लामा केन्द्रीय सदस्य (राखेप प्रतिनिधि) नेपाल क्रिकेट संघ

७. धर्मराज गिरी- केन्द्रीय सदस्य (राखेप प्रतिनिधि) नेपाल क्रिकेट संघ

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: