काठमाडौँ । नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा भाग नलिने निर्णय लिएको जनाएको छ ।
जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा हुने भनिएको सो प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय महिला टिमको घोषणा समेत गरिसकेको थियो ।
केही दिन अगाडी मात्र सँयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शत्रुता अन्त्य गर्न आह्वान गर्दै लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताएका थिए । गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार इजरायली सीमामा ‘धेरै तीव्र कारबाहीका लागि तयारी भइरहेको बतापछि राष्ट्रसङ्घका प्रमुखको यो धारणा आएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google