काठमाडौं । फिफा महिला विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले उपाधि जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा आज भएको खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० को पराजित गरेको हो ।
खेलको पहिलो हाफमा कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फस्ट टच’ गोल गरेकी थिइन् ।
महिला विश्वकपको इतिहासमा यी दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google