टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ रनले हरायाे

दर्पण दैनिक २८ जेष्ठ २०८१,०७:१०
post

काठमाडौं । आइसीसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । आइतबार राति भएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको भारतले जितका लागि दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाएको हो।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन, इमाद वसिमले १५ रन, कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३/१३ रनको योगदान दिए । 


भारतका लागि जसप्रित बुमराहले ३ विकेट, हार्दिक पाण्ड्याले २ विकेट, अर्शदीप सिंह र अक्षर पटेलले १/१ विकेट लिए ।

भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन, अक्षर पटेलले २० रन र कप्तान रोहित शर्माले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३/३ विकेट, मोहम्मद आमिरले २ विकेट र शाहिन शाह अफ्रिदीले १ विकेट लिए । समूह एमा रहेको भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: