अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश

दर्पण दैनिक १२ असार २०८१,०८:०१
post

काठमाडौँ । अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ अन्तर्गत आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई २१ रनले हराउँदै भारत अन्तिम चारमा प्रवेश गरेकाे हो ।

भारत सुपर ८ मा अपराजित रहँदै सेमिफाइनल पुग्दा अस्ट्रेलिया भने आगामी यात्राकाे लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने अवस्थामा छ ।  सुपर ८ को समूह १ मा भारतले ३ खेलमा ६ अंक जोडेको छ। समान खेलबाट अस्ट्रेलियाको २ अंक छ। एक खेल कम खेलेको अफगानिस्तानको २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहीन छ ।

आजै हुने सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध जित निकाले दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान पराजित भएको अवस्थामा अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक हुनेछ। यस्तोमा नेट रनरेटका आधारमा समूहको  दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ । 

सोमबार राति भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा  ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । 

मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन थपे ।भारतका अर्शदिप सिंहले ३ विकेट लिए । कुलदीप यादवले २ तथा जश्रप्रित बुमराह र अक्षर पटेलले समान १ विकेट लिए । 

त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनको योगफल तयार पारेको थियो । कप्तान रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रनको उत्कृष्ट कप्तानी पारी खेले । 

सूर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पान्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिस समान २ विकेट लिए। जोश हेजलवुडले १ विकेट झारे।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: