क्रिकेटर गुल्सन झालाई सर्लाहीमा ५१ हजारसहित सम्मान

दर्पण दैनिक २९ कार्तिक २०८०,०९:४१
post

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सन झालाई सर्लाहीमा ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफ्नी आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेको ‘अप्सरा आचार्य फाउण्डेसन’को तर्फबाट झालाई ५१ हजार १५१ रुपैयाँसहित गरिएको हो । 


मंगलबार ईश्वरपुर नगरपालिका- २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा झालाई मेयर आचार्यले नगद र सम्मान–पत्रसहित झालाई सम्मान गरेका हुन् । कार्यक्रममा मेयर आचार्य, ईश्वरपुरका पूर्व मेयर मनोजकुमार देवकोटालगायत सहभागी थिए । 

चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई हाल मलंगवा नगरपालिका- ८ मा बसोवास गर्दै आएका झाले नेपाल टी–२० विश्वकपमा छनोट हुँदा उत्कृष्ठ प्रदर्शन गरेका थिए ।  

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: