
काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
यूएईका लागि ओपनिङ ब्याटर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । ८२ बल सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै इथान डिसुजाले १८ रन बनाए । आर्यांश शर्माले १४ रन, अश्वनाथ वल्थपाले १६ र जस जियानानीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।
यसअघि नै समूह चरणबाट बाहिरिइसकेको नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका भुर्तेलले ४० रन खर्चंदै ६ विकेट दिए । मौसम ढकालले २ विकेट लिँदा कुशल मल्ल र पवन सर्राफले १/१ विकेट लिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google