चारदेशीय टी २० सिरिज : हङकङसँग नेपाल ९ विकेटले पराजित

दर्पण दैनिक ३० कार्तिक २०८०,१५:१४
post

काठमाडाैं । हङकङमा जारी चारदेशीय टी २० महिला क्रिकेट सिरिजमा नेपालले बिहीबार घरेलु टिम हङकङसँग हार व्यहोरेको छ । सिरिजको पहिलो खेलमा तान्जेनियासँग हार व्यहोरेको नेपालले बिहीबार दोस्रो लगातार हार व्यहोरेको हो । 

हङकङविरुद्ध पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको हङकङले ९ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ९ विकेटको जित हात पारेको हो । 

नेपालका तीन जना ब्याटर शून्यमा आउट भएका थिए भने पूर्वकप्तान रुबिना क्षत्रीले मात्र दोहोरो अंकमा रन जोडेकी थिइन् । उनले २५ रन बनाएकी थिइन् । काजल श्रेष्ठ, कप्तान इन्दु बर्मा र अस्मिना कर्मचार्य शून्यमा आउट भएका थिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: