काठमाडाैं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो । युवा विश्वकप जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । नेपालले समूहको दोस्रो खेलमा २४ जनवरीमा पाकिस्तानविरुद्ध र अन्तिम खेलमा २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्ने छ ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेश कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक दोहरा, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल तिलकराज भण्डारी, आकाश चन्द
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google