काभ्रेकाे चौकोटमा ह्विलचेयर बास्केटबल प्रतियोगिता, मन्त्री लामाले गरे उद्घाटन

दर्पण दैनिक ९ मंसिर २०८०,१२:२४
post

काभ्रे । काभ्रेकाे पनौती ५ चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ह्विलचेयर बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न दुर्घटनामा मेरुदण्डमा चोटपटक लागेर ह्विलचेयर प्रयोग गरिरहेकाको संस्था मेरुदण्ड पक्षघात संघले प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा ६ टिम सहभागी भएका छन् । 

प्रतियोगिता उद्घाटन गर्दै बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले अपांगता भएका व्यक्तिहरुले गरेको कार्यक्रमले आफुलाई समेत हौसला मिलेको भन्दै प्रदेश सरकारको तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले प्रतियोगिताले सबैको लागि प्रेरणा दिएको बताए । काभ्रे बहिरा विद्यालयका प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले तिनै तहका सरकारलाई अपांगताको क्षेत्रमा काम गर्न अनुरोध गरिन् ।

२०७९ सालमा ९ जना मेरुदण्डमा चोट लागि ह्विलचेयर प्रयोगकर्ता मिलेर गठन भएको संघले सो अपांगता भएका व्यक्तिलाई खेलकुदका साथै आत्मनिर्भर, दक्ष बनाउन तालिमका साथै जनचेतना जगाउने काम गर्दै आएको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: