
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई निशुल्क प्रवेश दिइने भएको छ ।
शुक्रबारदेखि सुरु हुने लिगको उद्घाटन खेलमा नवप्रवेशी खुमलटार एफसी र अनुभवी क्लब फ्रेण्ड्स भिड्दैछन् । खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
उद्घाटन खेलमा विद्यार्थीलाई स्कुल र कलेजको परिचय पत्रको आधारमा साधारण प्यारापिटतर्फ निःशुल्क प्रवेश दिईने एमडीएसी स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।
एमडीएसीले टिकेटिङ्ग पार्टनर ई सेवासँग सहकार्य गर्दै उद्घाटन खेलमा विद्यार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको जनाएको छ । लिगको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google