एसियाड महिला फुटबल : आज भियतनामसँग खेल्दै नेपाल

दर्पण दैनिक ५ आश्विन २०८०,०७:०८
post

काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्दैछ । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।


रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् । अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली महिला टोलीले एसियाडलाई एक्सपोजर लिने अवरको रुपमा लिएको छ । नेपालले यसअघि भियतनासँग दुई पटक खेलेको छ । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: