गौरिका सिंहले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमामन

दर्पण दैनिक ८ श्रावण २०८०,१७:०५
post

काठमाडौं । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

१३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आप्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।


गौरिकाको यसअघिको भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड बनाएकी थिइन् ।

नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाए ।

नासिरले सोमबार २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यस अघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आप्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।

अर्की खेलाडी डुवाना लामाले मंगलबार २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।

विश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वर्ल्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: