काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ ।
नेपाल र मलेसियाबिच हालसम्म ९ टि_२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् । नेपाल २०२० को एसीसी इस्टर्न रिजनमा मलेसियासँग २२ रनले पराजित भएको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा अल आउट भएको थियो । अन्य सबै खेलमा भने नेपाल विजयी भएको छ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।
नेपालको खेल तालिका
चैत्र ३० शुक्रबार (आज)– नेपाल र मलेसिया, दिउँसो ४ : १५
वैशाख १ शनिबार– नेपाल र कतार, दिउँसो ४ : १५
वैशाख ३ सोमबार – नेपाल र हङकङ, मध्याह्नन ११ : ४५
वैशाख ५ बुधबार – नेपाल र साउदी अरेविया, मध्याह्नन ११ : ४५
बैशाख ७ शुक्रबार – सेमिफाइनल
वैशाख ८ शनिबार –तेस्रो स्थानको लागि
वैशाख ९ आइतबार – फाइनल
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google