पाकिस्तानसँगको खेलपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले दिए यस्ताे प्रतिक्रिया

दर्पण दैनिक १४ भाद्र २०८०,१०:१६
post

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले उच्चस्तरको प्रतियोगिता खेल्ने नेपालको यात्रा सुरु भएको बताएका छन् । उनले नेपालले राम्रो सुरुवात गरे पनि पाकिस्तानका विश्वस्तरीय खेलाडीका कारण पराजित हुनु परेको बताए । 

‘हाम्रा ब्याटरले विश्वस्तरीय बलरको सामना गरेका थिए। मेरो विचारमा हामीले पाकिस्तानसँगको खेलबाट सिक्नका साथासाथै के के राम्रो गर्‍यौं भनेर पनि हेर्न पर्छ,’ उनले भने, ‘हाम्रा बलरले खेलका लागि तयारी गरेका थि ए। हाम्रो राम्रो सुरुवात भएको थियो। हामीले टस हारेर पहिले बलिङ गर्‍यौं । बाबर र इफ्तिखरको साझेदारीले हामीलाई अप्ठेरो पार्‍यो। हुन पनि बाबर विश्वस्तरीय खेलाडी हुन् ।’

उनले नेपालले फिल्डिङमा भने खराब प्रदर्शन गरेको स्विकार गरे। समग्रमा नेपालको विश्वस्तरीय टिमसँग खेल्ने सपना पूरा भएको पनि उनले बताए । 

‘यो स्तरमा खेल्ने नेपाली खेलाडीको सपना थियो। आज खेल्न सुरु भएको छ। यो सुरुवात हो । हामी सिक्दै अघि बढ्छौं। के के सुधार गर्न पर्छ हेर्दै जान्छौं,’ उनले भने । अब भारतसँगको खेलमा केन्द्रीत हुने उनको भनाइ छ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: